सूचना प्रविधि (आइटी) को युगमा आज विश्वले अकल्पनीय फड्को मारेको छ कृत्रिम बुद्धिमत्ता (AI), मेसिन लर्निङ, डाटा एनालिटिक्स, क्लाउड कम्प्युटिङ, साइबर सुरक्षा जस्ता क्षेत्रहरूले मानव सभ्यतालाई एक नयाँ युगमा पुर्‍याएका छन् तर, दुखद कुरा के छ भने नेपाल अझै पनि यस्ता प्रविधिमार्फत् विकास र समृद्धिको यात्रामा कदम मिलाएर अघि बढ्न सकेको छैन

 

पूर्वाधारको कमी : गाउँ अझै अन्धकारमा


म एक ब्याचलर तहमा अध्ययनरत आइटी विद्यार्थी हुँ मेरो स्थायी ठेगाना सुदूरपश्चिमको जिल्ला अछाम हो त्यहाँको वास्तविकता के हो भने, इन्टरनेटजस्तो आधारभूत सेवासमेत नियमित रूपमा उपलब्ध छैन कहिले नेटवर्क हराउँछ, कहिले घण्टौँसम्म सम्पर्कविहीन हुनुपर्छ यति मात्र हैन, विद्युत आपूर्ति पनि अनियमित छ। गाउमा विधुत पुगेको छैन नेपाल टेलिकमको मनमानी छ नेटवर्क सुधार मा केहि मतलब राखदैनन फोन गर्न सकिदैन कहिलेकाहि आपतकालिन अवस्थामा



अछाम मात्र होइन, देशका अन्य ग्रामीण तथा अर्धशहरी भेगमा पूर्वाधारको कमी अत्यन्त गम्भीर छ शैक्षिक संस्थाहरूमा गुणस्तरीय सूचना प्रविधिको पहुँच छ, न त स्थानीय सरकारमा टेक्नोलोजीप्रति जागरूकता छ

शहरमा बसेर अध्ययन गर्ने विद्यार्थीहरूले विभिन्न अनलाइन कोर्स, ट्युटोरियल, वेबिनार आदि हेरेर आफूलाई अपडेट राख्न सक्छन् तर ग्रामीण क्षेत्रमा यस्तो सम्भावना रहँदैन

संसारका विकसित देशहरूमा १२ वर्षे बालकले पनि रोबोट बनाउँछ तर हाम्रो देशमा ग्राजुएट तहका विद्यार्थीहरूले समेत अझै MS Office राम्रोसँग सिकेका हुँदैनन्

 

 योग्यता छैन, पहुँच छ भने जेपनि हुने

कुनैपनि सरकारी निकायमा हेर्दा प्राविधिक दक्षता भन्दा सम्बन्ध प्राथमिकता पाउने गरेको पाइन्छ आइटी अफिसरका लागि विज्ञापन खुल्छ, तर छनोट प्रक्रिया पारदर्शी हुँदैन स्थानीय तहदेखि संघसम्मका सरकारहरूले सूचना प्रविधिलाई आवश्यकताको विषय होइन, विलासिताको रूपमा लिन्छन्



नेपाल सरकारले डिजिटल नेपाल बनाउने नारा लगाएको धेरै भइसक्यो तर त्यो नारा केवल कागजमा सीमित रह्यो अधिकांश सरकारी कार्यालयमा आज पनि फाइल उठाउने काम म्यानुअल , इमेल पठाउन पनि अर्को डेस्कमा जानुपर्ने अवस्था छ


विदेश पलायन, एक विकल्प होइन – बाध्यता

मेरो वरिपरिका साथीहरूले पनि धेरैपटक गुनासो गरे यहाँ केही हुँदैन बाहिर जानु नै राम्रो उनीहरूमध्ये धेरै जना अहिले क्यानडा, अष्ट्रेलिया, अमेरिका, युकेको बाटो समातिसकेका छन् उनीहरूका सग ज्ञान थियो, सिप थियो, तर नेपालमा त्यसको सम्मान र प्रयोग गर्ने अवसर थिएन

यो अवस्था आइटी क्षेत्रमा मात्रै होइन, हरेक सिपयुक्त जनशक्तिको लागि पीडादायी छ देशले युवाशक्तिमा लगानी गर्छ, तर त्यसको उपयोगिता महसुस गर्न सक्दैन यसैले उनीहरू देश छोड्छन्।

अब के गर्ने ? – सम्भावना  छ ।

देशमा दक्ष जनशक्ति तयार छन् प्रविधिमा सक्षम युवा छन्, र तिनीहरूले केही गर्न सक्छन् आवश्यकता केवल अवसरको, पहिचानको, र सही नीतिको

१. सुदुर  क्षेत्रका विद्यालय, कलेज र अफिसहरूमा इन्टरनेट र कम्प्युटरको आधारभूत पहुँच पुर्‍याइनुपर्छ

२. आइटी विद्यार्थी र व्यवसायीका लागि स्टार्टअप अनुदान र सुविधा दिनुपर्छ

३. सरकारी सेवामा टेक्नोलोजीलाई पहिलो प्राथमिकतामा राखेर इ-गभर्नेन्सको विकास गर्नुपर्छ

४. कम्प्युटर विज्ञान पढेकालाई प्रोजेक्ट आधारित रोजगारीमा समेटेर देशमै अवसर सिर्जना गर्न सकिन्छ



देश केवल नाराले बिक्दैन, देश कर्मले बिक्छ प्रविधिलाई पछ्याएर अघि बढ्न सके मात्र हामीले डिजिटल नेपाल, समृद्ध नेपाल भन्ने नारालाई सार्थक बनाउन सक्छौं